अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के-२’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै १९ फागुनमा प्रदर्शन मिति तय गरेका हुन् ।
पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्टलाई देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् ।
डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् । फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायांकन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।