नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
मंगलबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९३ हजार १ सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।