प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रकाण्ड

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता र जेलका बन्दी रिहा गर्न आग्रह गरेका थिए ।

शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ । 
 
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका माग अझै पूरा हुन सकेका छैनन् । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १३:३४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया