मकवानपुरको ७९ मतदानस्थल संवेदनशीलको सूचीमा

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका ७९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ ।

२ संघीय क्षेत्र र ४ प्रदेशसभा क्षेत्रको १६७ मतदान स्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।

उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा सुरु गरिएको बताए । 

प्रमुख पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए ।

उनले अति संवेदनशील क्षेत्रमा बढी सुरक्षाकर्मी खटाइने बताउँदै निर्वाचनको तयारीलाई तीब्रता दिइएको समेत बताए । प्रमुख पाण्डेले जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलहरुमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको प्रहरी सुरक्षा पनि केहि दिन पछि खटाउने तयारी रहेको बताए ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १६:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया