आफैलाई मत हाल्न नपाउने मकवानपुरका ४ उम्मेदवार

मकवानपुरमा सत्ता गठबन्धनका ४ जना उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका छन् । गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेशसभा क्षेत्र नम्बर २(क¬) की उम्मेदवार कुमारी मोक्तान र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफैंलाई मत हाल्न नपाउने भएका हन् ।

गठबन्धनका तर्पmबाट प्रतिनिधिसभामा विरोध खतिवडा र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेशसभामा ईन्द्रबहादुर बानियाँ, कुमारी मोक्तान, आनन्दराम पराजुली र प्रेमबहादुर पुलामी ‘छिन्तु’ उम्मेदवार बनेका छन् । आफ्नो मतदान गर्ने क्षेत्र छाडेर अर्कै क्षेत्रबाट उम्मेदवारी दिएकाले उनीहरुले आफैंलाई मतदात गर्न नपाउने भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका मकवानपुर–२ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले आफैंलाई मत हाल्न पाउने छैनन् । मतदान केन्द्र हेटौंडा–४ को भुटनदेवी माविमा भएकाले खतिवडाले आफैंलाई मत हाल्न पाउँदैनन् । उनले नेकपा एमालेका उम्मेदवार महेश बर्तौलासँग प्रतिष्पर्धा गर्दैछन् ।

त्यस्तै मकवानपुर–२(क) मा प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेकी माओवादी केन्द्रकी कुमारी मोक्तानले पनि आफैंलाई भोट हाल्न पाउँदिनन् । उनको मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नं १३ स्थित कालिका निमावि हो । जुन, क्षेत्र नम्बर १ मा पर्दछ ।

मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय ‘डिना’ पनि आफैैलाई मत हाल्न नपाउने उम्मेदवारको सूचिमा परेकी छिन् । मकवानपुर क्षेत्र नम्बर २ मा पर्ने भीमफेदी गाउँपालिका–७ को श्री माध्यमिक विद्यालयबाट उनले मतदान गर्नेछिन् ।

यता, कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका गठबन्धनबाट मकवानपुर–२(ख) मा प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले पनि आफैंलाई मत हाल्न पाउने छैनन् । उनको मतदान केन्द्र क्षेत्र नम्बर १(क) पर्छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १६:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया