महोत्तरी–१ मा नेकपा एसले गठबन्धन नमान्ने, मित्रवत् प्रतिस्पर्धा गर्ने

सत्ता गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाए पनि नेकपा एसले गठबन्धन नमान्ने भएको छ । सो पार्टीले गठबन्धनका उम्मेदवारसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।

गठबन्धनभित्रैबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन् । नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन् ।

गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक–फरक उम्मेदवारको मनोनयन दर्ता भएपछि गठबन्धनले केही दिनअघि लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।

चुनावी प्रचारप्रसारमा निकै अगाडि बढिसकेको र मतदातामा अन्योल सिर्जना नहोस् भन्ने उद्देश्यले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए ।

प्रतिनिधिसभाका साझा उम्मेदवार गिरिराजमणि पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ ।

राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पिताम्बर महतोलाई चुनौती थपिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार २०:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया