भारतले डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा मंगलबारदेखि डिजिटल मुद्रा प्रयोगमा ल्याएको हो ।
परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि ९ वटा बैंक छानिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याइने छ । यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ ।
केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रिप्टोकरेन्सीहरू जस्तै ब्लक चेन प्रविधिमा आधारित हुने र यस्तो मुद्रा निश्चित दरसम्म मात्र जारी गर्न सकिने भारतीय रिजर्भ बैंकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।