स्पेनिस क्लब एटलेटिको मड्रिड आफ्नो समूहको अन्तिम स्थानमा रहँदै युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । ऊ गएराति समूह चरणको अन्तिम खेलमा पोर्चुगलको एफसी पोर्टोसँग २–१ ले पराजित हुँदै बाहिरिएको हो ।
एटलेटिको च्याम्पियन्स लिग इतिहासमा पहिलोपटक समूहको अन्तिम स्थानमा रहँदै बाहिन पुग्यो । योसँगै उसले यो सिरिजनको युरोपा लिग पनि खेल्न नपाउने भएको छ ।
घरेलु मैदान स्टेडियो डो ड्रगाओमा खेलको पाँचौं मिनेटमै मेहदी तारेमीको गोलमनर्फत पोर्टोले अग्रता लिएको थियो । २४ औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
थप गरिएको समयमा इभान मार्कानोले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा सकिएको हो । यो जितसँगै ६ खेलमा १२ अंक जोडेको पोर्टोले समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाउँदा पराजित एटलेटिकको समान खेलबाट पाँच अंक रह्यो ।
यही समूहको अर्को खेलमा क्लब ब्रुग बायर लिभरकुसेनसँग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजासँगै क्लब ब्रुगले ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्दा समान खेलबाट पाँच अंकका साथ तेस्रो स्थानमा रहेको लिभरकुसेनले युरोपा लिग खेल्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।