च्याम्पियन्स लिग : नापोलीविरुद्ध लिभरपुलको सहज जित

इंग्लिस क्लब लिभरपुलले युएईएफ च्याम्पियन्स लिगमा जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले नापोलीविरुद्ध २–० को जित हात पारेकाे हो ।

बेलायतको एनफिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एक/एक गोल गरे । खेलमा लिभरपुललाई सलाहले सुरुआती अग्रता दिलाए  ।

उनले ८५ औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै, खेलको इन्ज्युरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

समूह ‘१’ मा रहेको लिभरपुलले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा हार बेहोर्‍यो । त्यस्तै, पराजित भए पनि नापोली अंक तालिकाको शीर्ष स्थानमा रह्याे  । उसले पनि ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा हार बेहोर्‍यो ।

लिभरपुल र नापोली एक खेल अगावै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार ७:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया