वर्तमान वित्तीय संकट समाधान गर्न माग गर्दै मोरङका व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् ।
बुधबार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ को प्रतिनिधिमण्डलले अधिकारीलाई काठमाडौं आएर भेटेका हुन् ।
वित्तीय संकटका कारण अहिले उद्योगहरुमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न उनीहरुले आग्रह गरेका थिए ।
जवाफमा अधिकारीले सम्पूर्ण वित्तीय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिए । उद्योगको समस्या प्रति राष्ट्र बैक गम्भीर रहेको उनले बताए ।
प्रतिनिधिमण्डलले तीनै संस्थाका तर्फबाट तयार पारिएको प्रतिवेदन पनि भर्नर अधिकारीलाई बुझाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।