एनआईसी एशिया बैंकको सिइओमा पुनः न्यौपाने नियुक्त

यस एन आई सी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । गरेको छ । १६ कात्र्तिकमा बसेको सञ्चालक समितिको ५७३औं बैंठकले उनलाई पुनः सिइओ नियुक्त गरेको हो । 

न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनःनियुक्त गर्ने निर्णय गरेको हो । 

सन् २००८ अप्रिलदेखि २८ वर्षकै उमेरमा तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको आन्तरिक लेखा परीक्षण विभागको इन्चार्ज भएर उनले बैंकको सेवा सुरु गरेका थिए । उनी प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । 

३८ वर्षको उमेरमा नै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सिइओ’ को रुपमा चर्चित भएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १८:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया