शाहरुखको जन्मदिनः फिल्म डिडिएलजेको यो कुरा

२ नोभेम्बर बलिउड अभिनेता शाहरुख खानको जन्मदिन हो । आज उनको जन्मदिनको अवसर पारेर उनको सुपर हिट फिल्म दिलवाले दुल्हनिया ले जायेंगे भारतका फिल्महलहरुमा फेरि रिलिज गरिएको थियो ।

यो फिल्म १९९५ मा पहिलो पटक रिलिज भएको थियो । यो फिल्म एउटा फिल्म हलमा त ११ वर्षसम्म चल्यो जसलाई अहिले पनि विश्वको रेकर्डका रुपमा मानिन्छ ।

यो फिल्मको नाम यति लामो चाहिँ त्यति बेला चलनचल्तीका फिल्महरुको ठ्याक्कै उल्टो हो । त्यति बेला छोटा नामका फिल्म चलेका थिए । 

अनि यो फिल्मको नाम चाहिँ अनुपम खेरकी पत्नी किरण खेरले सुझाएकी थिइन् । फिल्ममा उनलाई यसका लागि धन्यवाद पनि दिइएको छ । 

तर, यो फिल्म लेखेका हनी इरानी चाहिँ खासै चर्चामा आउन सकेनन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार २०:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया