शाहरुखको फिल्मले अवार्ड पाएपछि उठेका थिए आमिर, त्यसपछि कहिल्यै गएनन् अवार्ड कार्यक्रममा

शाहरुख खानको आज जन्मदिन हो । त्यसैले पनि भारतीय मिडियामा उनी छाएका छन् ।

अनि उनको जन्मदिन भएकाले उनको विषयमा विभिन्न चर्चा भएको छ । त्यस्तै एउटा प्रसंग भारतीय मिडिया नवभारतटाइम्सले प्रकाशन गरेको छ ।

भारतीय मिडियाका अनुसार दिलवाले दुल्हनिया ले जाएँगे नामको फिल्मलाई सन् १९९५ मा धेरै अवार्ड मिलेको थियो । यही फिल्मले नेसनल अवार्ड पनि पाएको थियो ।

यही फिल्मका कारण शाहरुख खानलाई फिल्मफेयरले बेस्ट एक्टरको अवार्ड पनि दिएको थियो । उनका लागि यो अवार्ड घोषणा भएलगत्तै आमिर खान आफू बसेको ठाउँबाट उठेर हलबाट बाहिर निस्किएका थिए ।

त्यसपछि आमिर खान फिल्मफेयर अवार्ड्समा जान नै छोडिदिए । यसको कारण थियो, उनले त्यो वर्ष फिल्म रंगीलाबाट आफूले यो अवार्ड पाउन सक्छु भन्ने अनुमान गर्नु ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार २१:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया