नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका देशभरका उम्मेदवारलाई एकसाथ सम्बोधन गरेका छन् । बुधबार साँझ उनले जुममार्फत उम्मेदवारहरुसँग छलफल गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका देशैभरिका उम्मेदवारहरुसँग जुम मिटिङ सम्पन्न भएको ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीले अगाडि सारेको चुनावी घोषणापत्रको बारेमा मैले उम्मेदवारहरूलाई ब्रिफिङ गरेको छु, सबै उम्मेदवार साथीहरूलाई सहभागिताको लागि धन्यवाद दिँदै विजयको सफलताको कामना गर्दछु।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।