च्याम्पियन्स लिग : फराकिलाे जित निकाल्दै बेन्फिका समूह विजेता

पोर्चुगिज क्लब बेन्फिका च्यम्पियन्स लिगकाे समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ । ऊ गएराति समूह ‘एच’ अन्तर्गत आफ्नो अन्तिम खेलमा इजरायलको मकाबी हाइफाविरुद्ध ६–१ फराकिलो जित निकाल्दै विजेता बनेको हो । 

हाइफाको घरेलु मैदान सामी ओफेर स्टेडियममा बेन्फिकालाई जित दिलाउन गोन्कालो रामोस, पिटर मुसा, एलेक्स ग्रिमाल्डो, राफा सिल्भा,हेनरिक अराउजो र जाओ मारियोले एक/एक गोल गरे । घरेलु टोलीका लागि जारोन चेरीले एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा रामोसको गोलमनर्फत बेन्फिकाले सुरुवाती अग्रता लिएको थियो । २६ औं मिनेटमन चेरीले पेनाल्टीमनर्फत गोल गर्दै हाइफालाई १–१ को बराबरीमा ल्याए । ५९ औं मिनेटमा मुसा तथा ६९ औं मिनेटमा ग्रिमाल्डोले गोल गर्दा बेन्फिका ३–१ ले अघि बढ्यो ।

७३ औं मिनेटमा सिल्भा तथा ८८ औं मिनेटमा अराउजोले गोल गर्दै टोलीलाई ५–१ को अग्रता दिलाए । थप गरिएको समयमा मारियोले गोल गरेपछि बेन्फिकाले ६–१ को शानदार जित निकाल्यो ।

जितसँगै शीर्ष स्थान पक्का गरेको बेन्फिकाले ६ खेलमा १४ अंक जोड्दा पराजित हाइफा समान खेलबाट ३ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ ।

यही समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युभेन्टसमाथि २–१ को जित हात पारेको छ । पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र नुनो मेन्डिसले एक–एक गोल गर्दा युभेन्टसका लागि लियोनार्डो बोनुचीले एक गोल फर्काए । 



यो जितसँगै ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहँदै पिएसजीले उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाउँदा पराजयसँगै समान खेलबाट ३ अंकका साथ तेस्रोमा रहेको युभेन्टसले युरोपा लिग खेल्ने भएको छ  । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ७:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया