नेप्‍से १६.१४ अंकले ओरालो

सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। सोमबार, मंगलबार र बुधबार तीन दिन लगातार उकालो लागेको सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको हाे । 

तीन दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको थियो। तर, आज नेप्‍से १६.१४ अंकले ओरालो लागेर १९२२.१६ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि १ अर्ब मुनि झरेको छ।

आज २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ९८ लाख ७ हजार ८३० रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन बिहीबार १ अर्ब ४६ करोड ७९  लाख १४ हजार ८७५ रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ समूहमध्ये ११ को मूल्य घट्यो भने २ को बढ्यो।​ हाइड्रोपावर, डेभलपमेन्ट, फाइनान्स,अदर्श समूहको सूचक १ प्रतिशत बढिले घट्दा नन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्सको  १.४ प्रतिशतले बढ्यो।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ४ करोड मूल्यको सेयर कारोबार गरी एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया