पाकिस्तानको गुजराँवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पिटिआइ अध्यक्ष इमरान खानको कन्टेनर नजिकै गोली चलेको छ ।
गोली कसले चलाएको हो भन्ने अहिलेसम्म खुलेको छैन । त्यहाँ सुरक्षाकर्मीले एक जनालाई गिरफ्तार गरेका छन् । तर, तिनै व्यक्तिले गोली चलाएका हुन् भन्ने पुष्टि हुन सकेको छैन ।
घटनामा इमरान खान सुरक्षित भएको बताइएको छ ।
तर, उनको खुट्टामा पट्टी देखिएकाले उनलाई पनि गोली लागेको हुनसक्ने आशंका गरिएको छ । यसबारे पाकिस्तानको सुरक्षाकर्मीले आधिकारिक रुपमा केही बताएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।