मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि २३ हजारभन्दा बढी म्यादी प्रहरी खटिए

आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा २३ हजारभन्दा बढी म्यादी प्रहरी खटिएका छन् ।

प्रदेशका आठवटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् ।

त्यस्तै, सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिमलसिनाले जानकारी दिए ।

यस प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीका लागि ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १७:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया