ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गर्नुभाे, मन नभए पनि प्रधानमन्त्री भएँ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत कदमका कारण आफू प्रधानमन्त्री बन्नुपरेकाे बताएका छन् । डडेल्धुरामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेपछि मन नहुँदानहुँदै संविधान रक्षाका लागि आफू प्रधानमन्त्री बन्नुपरेकाे बताए । उनले उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको बताएका थिए ।

'ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद भंग गर्नुभयो,' उनले भने, 'त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन, तर ओलीजीको गलत कदमका कारण भएको हुँ ।'

माओवादी केन्द्रलगायत वाम शक्तिहरूसँगकाे गठबन्धनतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने बताए ।  ‘संविधान बचाउनका लागि एक ठाउँमा उभिएका छौँ’, उनले भने, ‘यो गठबन्धनलाई अझ १० बर्ष सम्म बचाएर राख्नुपर्दछ ।’ 

उनले स्थानीय तहका जस्तो अहिलेको निर्वाचनमा झन्झटिलो मतपत्र समेत नभएको हुँदा गठबन्धन दलहरुलाई जिताउन समेत आग्रह गरे ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १७:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया