पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । उनको खुट्टामा गोली लागेको बताइएको छ । घाइते पूर्वप्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो ।
गोली चल्दा पूर्वप्रधानमन्त्री खानसहित अन्य पाँचजना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा संलग्न आरोपित एकजनाको मृत्यु भएको र एकजनालाई हिरासतमा लिइएको एआरवाई न्युजले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।