भूपू गोर्खाको मागबारे छलफलका लागि बेलायतमा त्रिपक्षीय वार्ता सुरु

भूपू गोर्खाको मागबारे छलफलका लागि बेलायतमा त्रिपक्षीय वार्ता सुरु भएको छ । बेलायत सरकार, नेपाल सरकार (जिटुजी) र गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता सुरु भएको हो । 

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान एक घण्टा पहिलो चरणको वार्ता भएको हो । 

अब अर्को वार्ता सन् २०२३ को सुरुतिर मात्र हुने अनुमान गरिएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको समय नजिक आएकोले दोस्रो वार्ताको मिति पर धकेलिने सम्भावना छ । 

वार्तामा भूतपूर्व गोर्खाहरुका प्रमुख माग अंग्रेज सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति, सेवा सुविधा जस्ता एजेण्डाले प्रवेश पाएको छ । 

वार्तामा बेलायतको तर्फबाट रक्षा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रु मरिसन सहभागी थिए । नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा एजेण्डालाई कडा रुपमा प्रस्तुत गरेको गोर्खाहरुले बताएका छन् । 

उनले भूपू गोर्खाका लागि ब्रिटिस सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यलगायत समाधान गर्न बाँकी रहेका मागबारे अवधारणा राखेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २२:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया