लण्डनमा पूर्वगोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट मेजर (अवकाश प्राप्त) जुदबहादुर गुरुङसमेतको सहभागितामा भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा पहिलो बैठक बिहीबार सम्पन्न भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल सरकारको तर्फबाट राजदूत आचार्यले भूपू गोर्खाका लागि ब्रिटिस सैनिक सरह पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका तथा मृतकका परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यलगायत समाधान गर्न बाँकी रहेका मागका बारेमा आफ्नो धारणा राखेका थिए । 

साथै, उक्त विषयमा भूपू गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङले कुरा राखेको नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्री डा. मरिसनले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताउनुभएको दूतावासले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार ८:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया