मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी मुक्तिनाथमा

राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको मुक्तिनाथ पुगेकी छन् । उनी मुक्तिनाथमा गौतम बुद्धको मूर्ति र भगवान विष्णुको मूर्ति अनावरण गर्न  आज बिहान मुस्ताङ पुगेकी हुन् ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गरेकी छन् । यस्तै, उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गरिन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।   





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १०:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया