पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि बिहीबार भएको आक्रमणबारे पार्टीले एक विज्ञप्ति निकाल्दै उनको स्वास्थ्यअवस्थाबारे जानकारी दिएको छ ।
पाकिस्तान तहरिक ए इन्साफ पार्टीका उपसभापति शाह महमूद कुरैशीले ट्विटरमा इमरान खान अब खतराबाट बाहिर रहेको बताएका छन् ।
उनले पिटिआइ अध्यक्ष इमरान खानमाथि भएको आक्रमणमा पनि पूरै देशको आर्शिवादका कारण इमरान खान सुरक्षित भएको बताएका छन् । उनले यो आक्रमण इमरान खानमाथि मात्र नभएर पाकिस्तानमाथिकै आक्रमण भएको पनि बताएका छन् ।
उनले यसका कारण इमरान खान थप बलियो भएर अगाडि बढ्ने बताएका छन् ।
कुरैशी इमरान खान नेतृत्वको सरकारमा विदेशमन्त्री थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।