शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।
बिहीबार तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।