चुनावी सभामा खाेजियाे भीम रावललाई, ओलीले हपारे– के काे भीम रावल, एउटै भीम रावल, भीम रावल [भिडिओ]
फरकधार / १८ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमालेले कञ्चनपुरमा आयोजना गरेको चुनावी सभामा भीम रावलको खोजी भयो । शुक्रबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला भीम रावलको खोजी भएको हो ।



सभामा सहभागीले भीम रावल भनेपछि ओलीले हपारेर भने, ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो ? २०४८ सालदेखि एकछिन मुख खाली छैन । बुढो भइसक्नुभयो । बेकार किन भीम रावलको चिन्ता ? अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल । केको खेती गरिराख्यो ? के भीम रावल ? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा । थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’



 रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। रावलले पनि ओलीको आलोचना गर्दै आएका छन्। रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। रावल ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए ।










  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १९:१८:९,   अन्तिम अपडेट : कात्तिक १८, २०७९ शुक्रबार १९:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया