पास्तिानका पूर्वप्रधानमन्त्री इमरान खानले देशवासीका नाममा सम्बोधन गरेका छन् ।
बिहीबार उनी सहभागी एक कार्यक्रममा उनलाई हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका इमरान खान अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।
शुक्रबार उनले सम्बोधन गर्दै आफूलाई मार्नका लागि योजना बनाएको बताएका छन् ।
इमरान खानले भनेका छन्, ‘मलाई मार्ने योजना थियो । चार जनाले मलाई मार्नका लागि योजना बनाएका थिए । मैले भिडियो बनाएर राखेको छु, मलाई केही भयो भने त्यो भिडियो बाहिर आउनेछ ।’
उनले आफूमाथि षडयन्त्र बनाउनेहरुबारे विश्वले थाहा होस् भनेर यस्तो गरेको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।