logo-img

धमलाको कार्यक्रममा हमलाः घाइतेलाई लगाइयो १७ टाँका (भिडियो)

पत्रकार ऋषि धमलाको कार्यक्रममा लफडा भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ मा धमलाले चलाएको कार्यक्रममा यो लफडा हुँदा एक जना घाइते भएका छन् । घाइते भएकाको उपचार हुँदैछ ।

मर्चवारमा शुक्रबार ऋषि धमलाले गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको उपस्थिति थियो ।

कार्यक्रममा एक उम्मेदवारले झुटो बोलेको भन्दै त्यहाँ पुगेका स्थानीयले हुटिङ गन थालेका थिए ।

त्यसपछि त्यहाँ कुर्सी फालाफाल हुन थाल्यो । अनि ढुंगा हानाहान हुन थाल्यो ।



घटनामा घाइते भएका मुरलीधर शुक्लाको ओठमा चोट लागेको र १७ वटा टाका लगाउन परेको बताइएको छ । उनको उपचार भैरहवाको भीम अस्पतालमा भइरहेको छ ।

 





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया