कांग्रेस केन्द्रीय समितिमा नेवि संघबारे छलफल
देउवा, पौडेल, निधि विघटनको पक्षमा, विपक्षमा सिटौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव आएको छ । बुधबार बसेको केन्दीय कार्यसमिति बैठकमा उपसभापति विमलेन्द्र निधिले नेवि संघ कार्यसमिति विघटनको प्रस्ताव अघि सारेका हुन् । 

बैठकमा सभापति शेरबहादुर देउवाले नेवि संघ के गर्ने भन्ने प्रस्ताव गरेका थिए । नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखे भने सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल विघटनको पक्षमा उभिए ।

यसैबीच, उपसभापति विमलेन्द्र निधिले नेवि संघको कार्यसमिति विघटन गर्ने प्रस्ताव अघि सारे । कानुनीसँगै राजनीतिक रुपमा पनि वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उनले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका हुन् ।

‘थर्ड पोल’को नेतृत्व गरिरहेका नेता कृष्ण सिटौलाले भने प्रस्तावको विरोध गरे । थुप्रै भ्रातृसंगठनको अधिवेशन नभएको अवस्थामा नेवि संघको हकमा मात्रै म्याद सकिनासाथ भंग गर्नुपर्छ भन्न नहुने उनको तर्क रह्यो । अहिलेकै कार्यसमितिको म्याद केही समय थपेर यही समितिले अधिवेशन गराउनुपर्नेमा नेता सिटौलाले जोड दिए । 





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १७:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया