रिपोर्टिङमा यमन जानबाट रोकिए जापानी पत्रकार

टोकियो– जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक वरिष्ठ पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । 

गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जापानी पत्रकार मुक्त भएर फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जान अनुमति दिने कि नदिने भन्नेमा जापानमा चर्को बहस भएको थियो । बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो । 

स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको बताए । उनले आफ्नो पासपोर्टसमेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको खुलासा गरे । 

जापानका विदेशमन्त्री तारो कोनोले पनि हानेदा विमानस्थलमा यमन जान लागेका पत्रकारलाई त्यसतर्फ प्रस्थान गर्न रोक्ने गरी सरकारले आदेश दिएको जानकारी दिए । 

चुनिओकाले कतार र सुडान हुँदै युद्धग्रस्त यमन पुग्ने योजना रहेको बताएका छन् । आफूले यमनमा जारी मानवीय तथा राहत कार्यक्रमको रिपोर्टिङ गर्ने लक्ष्य राखेर यमन जान चाहेको पनि चुनिओकाले बताए ।





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १८:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया