भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिने श्यामसरण नेगीको निधन भएको छ । स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता नेगीको शनिबार बिहान १०५ वर्षको उमेरमा निधन भएको हो ।
पेशाले शिक्षक रहेका हिमाचल प्रदेशको किन्नौर निवासी नेगी स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए ।
भारतमा सन् १९५२ को फेब्रुअरी–मार्चमा मतदान गर्ने भनिए पनि किन्नौरमा जाडो र हिमपातको सम्भावनालाई ध्यानमा राखेर कम्तिमा पाँच महिनाअघि नै निर्वाचन भएको थियो ।
नेगी त्यतिबेला नजिकैको मुरङ गाउँमा विद्यालय शिक्षक थिए, तर उनी आफ्नो गाउँ काल्पा (त्यसबेला चिन्नी भनेर चिनिने) मा मतदाता थिए। त्यसयताका सबै चुनावमा आफूले मतदान गरेको उनले बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।