नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ४ मंसिरको निर्वाचनपछि बन्ने सरकारले डामाडोल अर्थतन्त्र सुधार गर्न नसकेको खण्डमा देशमा ठूलो दुर्घटना हुने बताएका छन् ।
काठमाडौं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका थापाले मतदातासँग अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेकपामा भएको झगडाका कारण ५ वर्ष खेर गएको पनि बताएका छन् ।
‘हामीले ढुक्कले चुनाव जित्छौँ,’ उनले भने, ‘मलाई यसको डर छैन । तर, चुनाव जितेको भोलिपल्ट हामीले बनाउने सरकारले के काम गर्छ त, काम गर्न सक्छ कि सक्दैन भन्ने कुराको डर छ ।’
थापाले नेपालको अहिलेको अर्थतन्त्र डामाडोल भइसकेको र यसलाई सम्हाल्नु ठूलो चुनौति भएको पनि बताएका छन् ।
उनले डामाडोल अर्थतन्त्र सम्हाल्न नसके देश ठूलो दुर्घटनामा जानसक्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।