नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता भीम रावलको आलोचना गर्न अझै छोडेका छैनन् ।
पार्टीको १० औं महाधिवेशनमा आफूविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि भीम रावलप्रति निकै रुष्ट बनेका छन् ओली । त्यसो त नेकपा विभाजनपछि माधवकुमार नेपालसँग लागेर आफ्नो आलोचना गर्ने गरेको भन्दै ओलीले चितवनको महाधिवेशन अगाडि पनि भीम रावललाई त्यति रुचाएका थिएनन् ।
यसपटक त ४ मंसिरमा हुने निर्वाचनमा सर्वसम्मत रुपमा अछामबाट एकल सिफारिसमा परेका रावललाई ओलीले टिकट पनि दिएनन् । त्यहाँ उनले झपट रावललाई चुनावी मैदानमा पठाएका छन् ।
ओलीले चुनावी अभियानअन्तर्गत शुक्रबार कन्चनपुरमा एक सभालाई सम्बोधन गरेका थिए । त्यही सभालाई सम्बोधन गर्दा दर्शक दीर्घाबाट भीम रावलको नाम लिइएको थियो ।
भीम रावलको नाम सुनेपछि ओली निकै आक्रोशित भएका थिए । उनले भीम रावलको नाम सुनेपछि के भने त ? तलको भिडिओ हेर्नुहोस्ः
भीम रावलले पनि ओलीलाई जवाफ फर्काएका छन् । त्यसका लागि यो समाचार पढ्नुहोस्ः
ओलीलाई भीम रावलका चार प्रश्नः मलाई बुढो भन्ने ओलीजी कसरी तन्नेरी हुनु भयो ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।