राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले छैटौँपटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदैमा देश नबन्ने बताएका छन् । गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दललाई मत दिएर भविष्य बर्वाद नपार्न आग्रह गरे ।
गठबन्धन दलले एक्लै बहुमत ल्याउने आँटसम्म नगरेको उल्लेख गर्दै उनले भने, ‘सबैको जोड्दा बहुमत पुग्यो भने गठबन्धनबाटै सरकार बनाउने होला, उहाँ अहिले ७९ वर्षको पुग्नुभयो, पाचौँपटक प्रधानमन्त्री हुनहुन्छ, के देउवा अब ८० वर्ष पुगेर छैटौँपटक प्रधानमन्त्री बन्दा यो देश बन्छ ? बन्दैन ।
एउटा नेताले पाँच, १० र १५ वर्षमा गर्न नसकेको काम २० औं वर्षमा गर्न नसक्ने उल्लेख गर्दै उनले भने,‘एक चोटी सोच्नुस्, बिउँझनुहोस्, यो समय फेरि फर्किएर आउँदैन ।’
बहुमत ल्याउनका लागि १ सय ३८ सिट चाहिने, तर कांग्रेस, माओवादी र गठबन्धनमा रहेका दल कसैले पनि एक सयभन्दा माथि सिटमा उम्मेदवारी दिन नसकेकाे उनले बताए । आफ्नो पार्टीले सबैभन्दा बढी सिटमा उम्मेदवारी दिएको उल्लेख गर्दै लिङ्देनले भने, ‘आफैं सरकार बनाउने ताकत त यिनीहरू राख्दैनन्, सबै सिट पनि जित्छन कि जित्दैनन्, तपाईंहरुलाई थाहा छँदै छ ।’
दश वर्षे द्वन्द्वले उर्वर समय खेर गएको र ५० वर्ष देश पछाडी धकेलिएको पनि उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।