विद्यार्थीसँग मत मागेकाे विषयमा काेमल वलीलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण, वली भन्छिन्– उनीहरुकै अनुरोधमा एउटा गीत सुनाएकाे हुँ

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीलाई निर्वाचन आयाेगले स्पष्टीकरण साेधेकाे छ । विभिन्न सञ्चारमाध्यममा वलीले विद्यार्थीहरूसँग भाेट मागेकाे भन्ने समाचार आएपछि आयाेगले उनलाई स्पष्टीकरण साेधेकाे हाे । 

तर, वलीले साे समाचार गलत भएकाे भन्दै आपत्ति जनाएकी छिन् । आफूले विद्यार्थीसँग मत नमागेको भए पनि तथ्यलाई बंग्याएर प्रचारप्रसार गरिएको भन्दै उनले यसमा आपत्ति जनाएकी हुन् ।

दाङको बबई गाउँपालिका १ गँगटेको सरस्वती जनता माविका विद्यार्थीहरुसँग कोमल वली सँगै भएको तस्वीर सार्वजनिक गर्दै उनले विद्यार्थीसँग मत मागेका समाचार प्रकाशन भएपछि उनले यसलाई गलत प्रचारप्रसार भएको बताएकी हुन् ।

के तपाईंले विद्यार्थीसँग स्कुलमा गएर मत माग्नु भएको हो ? भन्ने फरकधारकाे प्रश्नमा उनले भनेकी छन्,‘होइन, विद्यार्थी भाइबहिनीसँग चुनावी प्रचारका कार्यक्रम गर्नुहुँदैन भन्नेमा म सचेत छु।’

त्यो क्षेत्रमा घरदैलोमा जाँदा स्कुलबाहिर जम्मा भएका विद्यार्थीहरुलाई उनीहरुकै अनुरोधमा एउटा गीत सुनाएकाे उनले बताइन् । 

कोमल वली भन्छिन्– मैले विद्यार्थीसँग भोट मागेको होइन, गलत प्रचार भयो




 



  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १६:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया