गणतन्त्र ल्याउनमा जनमुक्ति सेनाको भूमिका अतुलनीय : मन्त्री अथक

पूर्वजनमुक्ति सेनाका प्रतिनिधिहरुले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउने बताएका छन् । शनिबार पूर्वजनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनीहरुले गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन्।

आफूहरुको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँचदलीय गठबन्धनले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुले आफूहरु सधैँ अग्रगमनको पक्षमा रहेको बताए । व्यवस्था बदलिए पनि आमनागरिकको अवस्था भने उस्तै रहेको भन्दै उनीहरुले  आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आमजनताको अवस्था बदल्ने गरी कामगर्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिधसभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले अहिलेको व्ययवस्था ल्याउनमा जनमुक्ति सेनाले खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात÷अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे । 

‘१० वर्षे जनयुद्धले वर्षौंदेखि जरा गाडेर बसेको व्यवस्थाको अन्त्य गर्यो,’ माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका अथकले भने, ‘यो तपाईं–हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।’ 

कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । हिजो परिवर्तनका लागि लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै उनले दत्तचित्त भएर लाग्न आग्रह गरे।

विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २०:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया