श्रीलंकाका प्रधानमन्त्रीले भने : नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनाले नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् ।

दक्षिण एसियाका नेपाल, भारत र श्रीलंकाका पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्धनाले श्रीलंकामा करिब ७२ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलंकाबीच धार्मिक सम्बन्ध रहेको बताए  । 

‘राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ,’ उनले भने । संकटको समयमा छिमेकी देशले गरेको सहयोग प्रशंसनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

‘पछिल्लो समय श्रीलंकाको अर्थतन्त्रमा केही सुधार आएको छ,’ उनले भने, ‘यही सत्यतालाई नेपाल, भारत र श्रीलंकाका पत्रकारले जिम्मेवारीपूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।’

दक्षिण एसिया नेपाल, भारत, श्रीलंकाका पत्रकारको समूहलाई श्रीलंकाको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनमा थप पर्यटकलाई श्रीलंका भ्रमण गराउन आमन्त्रित गरिएको हो । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २१:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया