पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ प्राधिकरण आफैँले गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । 

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरु कसैलाई दिन अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारे । यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उनको भनाइ छ । 

‘नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको गुणस्तरमाथि विविध समयमा प्रश्नचिह्न खडा भएको अवस्था छ,’ उनले भने, नेपाल एयरलाइन्सले अहिलेसम्म गरिरहेको ग्राउण्ड ह्याण्डलिङलाई हामीले डिस्टर्ब गर्नुपर्छ ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ अब नेपाल नागरिक उड्डयन प्राधिकरण स्वयंले गर्ने उल्लेख गर्दै उनले भने, ‘यो कसैलाई दिने अवस्थामा हामी छैनौँ । किनभने यो विषयमा धेरै नै विवाद भो । कि यो प्रतिस्पर्धात्मक हुन्छ । कि प्राधिकरण आफ्नो अधिकार प्रयोग गर्छ ।’ 

नेपालको कानुनले ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्मरण गराउँदै उनले भने, ‘त्यसकारणले पोखराको विमानस्थलमा अब कि प्रतिस्पर्धात्मक हुनेछ । कि प्राधिकरण आफैँले गर्नेछ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको उनले बताए । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने र देश विदेशमा प्रचार–प्रसार गर्नुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २२:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया