रुसको एक बारमा आगलागी, कम्तीमा १३ जनाको मृत्यु

रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा १३ जनाभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ ।

एकजना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। प्रहरीले यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ । बिबिसीका अनुसार क्लबमा कतिजना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन । 

क्लबको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक पनि पक्राउ परेका छन् । कम्पनीका निर्देशक स्थानीय राजनीतिज्ञ हुन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २२:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया