पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले पाकिस्तानका सबै टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रतिबन्धित गरेको छ ।
यसका साथै अब इमरान खानको कुनै पनि भाषण वा समाचार पाकिस्तानका कुनै पनि टिभी च्यानलमा आउने छैन ।
उनको प्रेस कन्फ्रेन्स पनि प्रसारण नगर्न पेमराले सूचना जारी गरेको छ।
यसलाई नमान्ने टिभी च्यानलको लाइसेन्स सोझै खारेज हुने पनि पेमराले जनाएको छ । पेमराले इमरान खानको अभिव्यक्ति कानुन विपरित भएकाले यो निर्णय लिएको पनि जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।