राष्ट्रपति भण्डारीलाई ‘डब्लूपीएल ट्रेलब्लाजर अवार्ड’ प्रदान गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘डब्लूपीएल ट्रेलब्लाजर अवार्ड’ प्रदान गरिने भएको छ । आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स नामको सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान गरिन लागेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार अवार्ड ग्रहण गर्न राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ । यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै हरेक वर्ष महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीलाई प्रदान गरिन्छ । 

दक्षिण एसियाली मुलुकमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ७:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया