रोमाञ्चक जितका साथ प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो सिटी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले रोमाञ्चक जित निकालेको छ । उसले गएरातिको खेलमा फुलहमविरुरुद्ध २–१ को जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा आन्द्रेस पेरेराले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए ।

सिटीका डिफेन्डर जाओ कान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनलाई लडाएपछि फुलहमले पेनाल्टीको अवसर पाएको थियो । यो फउलका कारण कान्सेलोले रातो कार्ड बेहोर्दा सिटी २६ मिनेटमै १० खेलाडीमा समेटियो ।

थप गरिएको समयमा एर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै १३ खेलमा ३२ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिँदा पराजित फुलहम १४ खेलबाट १९ अंकका साथ आठौं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा ब्राइटन, लिड्स युनाइटेड र लेस्टर सिटीले जित हात पार्दा ब्रेन्टफोर्ड नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ७:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया