पाकिस्तानी टेलिभिजनमा इमरान खानका भाषण प्रसारणमा प्रतिबन्ध

पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरानको भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको हो ।  

‘टेलिभिजन च्यानलहरूले पूर्वप्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण गर्ने छैनन्,’ पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले भनेको छ । 

यो निर्देशन उल्लंघन गर्ने च्यानलको लाइसेन्स रद्द गरिदिने पेमराले चेतावनीसमेत दिएको छ । उसले इमरान खानले आपत्तीजनक र कानुनविपरीतका अभिव्यक्ति दिएको आरोप छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ७:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया