बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

पाकिस्तान क्रिकेट टोली अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह ‘२’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, कप्तान बाबर आजमले २५ र शन मसूदले अविजित २४ रन बनाए । बंगलादेशका लागि एबदात हुसेन, मुस्तफिजुर रहमान, शाविकअल हसन र नसुम अहमदले एक/एक विकेट लिए । 

त्यसअघि एडिलेडस्थित ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि नजिमुलहुसेन सान्तोले अर्धशतकीय पारी खेले ।

४८ बलको सामना गरेका सान्तोले सात चौकाको मद्दतमा ५४ रन बनाए । त्यस्तै, अफिफ हुसेनले अविजित २४, सौम्य सरकारले २० र लिटन दासले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाकिस्तानका लागि शाहिनसाह अफ्रिदीले शानदार बलिङ गरे । 

४ ओभर बलिङ गरेका उनले २२ रन दिएर महत्वपूर्ण चार विकेट लिए । त्यस्तै, शादब खानले दुई, इफ्तिखार अहमद र हरिस रौफले एक/एक विकेट हात पारे । योसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । समूह ‘दुई’ बाट भारत र पाकिस्तान तथा समूह ‘१’ का न्यूजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलको यात्रा तय गरे । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १३:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया