नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि

सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलाे दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो ।

४३ अंक माथिले नेप्से बढेको यस दिन कारोबार रकमा समेत तीब्रता आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ । 

गत साताको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो । 

आज म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४.०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४.०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३.८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ । 

यस दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हारहारीका कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा माथिले बढेका छन् ।


 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १५:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया