प्रदीप पौडेलले मतदाताका लागि सार्वजनिक गरे हटलाइन नम्बर
फरकधार / २० कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले  मतदाताका लागि हटलाइन नम्बर सार्वजनिक गरेका छन् ।
 
युवा नेता पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाब संकलनका लागि हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् । 



‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पुरा सदस्यलाई भेट्न पाइएन, जसलाई मैले चाहेर पनि भेट्न सकिन उहाँहरुले फोनबाटै सल्लाह सुझाव दिनुहुनेछ भनेर मैले हटलाइन नम्बर सार्वजनिक गरेको हुँ,' युवा नेता पौडेलले भनेका छन्, 'तपाईंहरुको सुझाब काठमाडौं ५ का निमित्त मार्गनिर्देशन बन्नेछ । त्यही सुझाबलाई नै आत्मसात गर्दै अघि बढ्नेछु ।’ 



सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाब रेकर्ड गराउन सक्ने बताइएकाे छ ।  



काठमाडौं ५ को प्रदेश सभा ‘क’मा कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी मैदानमा छन् ।







  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १८:८:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया