प्रचण्डको उग्र महत्वाकांक्षाका कारण वाम एकता टुट्याे : योगेश भट्टराई

एमालेका सचिव योगेशकुमार भट्टराईले प्रचण्डको उग्र महत्वाकांक्षाका कारण वाम एकता टुटेकाे दाबी गरेका छन् । ताप्लेजुङकाे  मेरिङदेन गाउँपालिकामा आइतबार चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रचण्डको उग्र महत्वाकांक्षा र अरू केही प्राविधिक विषयले वाम एकता टुटेको दाबी गरे । 

उनले एउटै कम्युनिस्ट पार्टी बनाउने एजेन्डा समाप्त भने नभएको बताए । एमालेकाे एउटा सिपाहीका हिसाबले आफू जाति–जनजातिको पहिचान, जातीय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न तल्लीन रहेको उनले बताए। 

उनले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरी उनकाे जन्मजयन्तीका दिन बिदा दिने प्रचलन एमाले नेतृत्वको सरकारले सुरु गरेको बताए। 

एमालेले मैवाखोला गाउँपालिकामा २५ कात्तिकका लागि तय गरेको चुनावी कार्यक्रम फाल्गुनन्दकै सम्मानका लागि पर सारेको उनले बताए। फाल्गुनन्दको १३८औँ जन्मजयन्तीको अवसरमा फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्ने तयारी छ। सालिक १५ फिट अग्लो १ सय ३५ क्विन्टल वजनको छ। 

एमाले नेतृत्वको सरकारका पालामा द्वन्द्वरत विप्लव नेतृत्वको नेकपा, पृथकतावादी आन्दोलनमा रहेको सिके राउत समूहसहितका अन्य सशस्त्र आन्दोलनरत पक्षलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको उनले बताए । 

भट्टराईसँग र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका खेलप्रसाद बुढाक्षेत्री मुख्य प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १८:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया