logo-img

क्याप्टेन विजय लामालाई नागरिक उड्डयन प्राधिकरणको कारबाही, मलेसिया भ्रमण रद्द

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका पाइलट क्याप्टेन विजय लामालाई कारबाही गरेको छ । 

चर्चित एभियसन ब्लगर सम चुईलाई विनाअनुमति जहाजको ककपिटमा लगेको भन्दै प्राधिकरणले लामालाई कारबाही गरेको हो । चोई केही दिनअघि मात्रै नेपाल भ्रमणमा आएका थिए ।

नागरिक उडड्यन प्राधिकरण (क्यान)ले लामालाई आइतबार ग्राउण्डेड गर्ने निर्णय गरेको हो । लामाको मलेसिया भ्रमणसमेत रद्द गर्ने निर्णय गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । 

लामालाई कति दिनको लागि ग्राउण्डेड गरिएको भन्ने अझै खुलाइएको छैन । उनी सेफ्टी इक्युमेण्ट इमरजेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए ।



ब्लगर सम चुईले दुबईबाट काठमाण्डौं आउने क्रममा लामासँग ककपिटमा खिचेको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही तस्बिर र भिडियोका कारण लामा कारबाहीमा परेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया