राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदैछिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ । 

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।  त्यहाँ उनले २३ कात्तिकमा डब्लुपीएल कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ । सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो । उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ । 

राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट २६ कात्तिक बिहान ७ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार ९:५३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया