बलात्कार आरोपमा पक्राउ परेका श्रीलंकन क्रिकेटर गुणथिलका निलम्बित

श्रीलंका क्रिकेट बोर्डले बलात्कारको आरोपमा पक्राउ परेका दनुष्का गुणथिलकालाई निलम्बन गरेको छ । बोर्डले उनलाई सबै प्रकारका क्रिकेटबाट सोमबारबाट निलम्बन गरेको हो । 

बोर्डले गुणथिलकाको विषयमा छानबिनसमेत गर्ने भएको छ ।

‘श्रीलंका क्रिकेट खेलाडीको यस्तो कुनै पनि आचरणको लागि शून्य सहनशीलता नीति अपनाउने कुरामा जोड दिन चाहन्छ र घटनाको निष्पक्ष छानबिन गर्न अस्ट्रेलियाली कानुन र प्रहरीलाई आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ’, बोर्डले जारी गरेको विज्ञप्‍तिमा भनिएको छ । 

टी–२० विश्वकपका लागि अस्ट्रेलिया पुगेका गुणथिलकालाई अस्ट्रेलिया प्रहरीले आइतबार बलात्कारको आरोपमा पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार उनीविरुद्ध २९ वर्षीया महिलाले बलात्कारको उजुरी दिएकी थिइन् ।  





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १३:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया